Logo

आइतवार, आश्विन २५ गते २०८३

images

चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु

चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु

दैनिकी न्यूज

४, आश्विन २०७९
चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु
images

मकवानपुर । मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

वकैया–११ आहालडाँडाका करिब ५५ वर्षीय आइतसिंह भोलनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए। रासस

images
प्रकाशित मिति :आश्विन ४, २०७९ मंगलवार - ०९:२७:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology