Logo

आइतवार, आश्विन २५ गते २०८३

images

यी व्यक्तिलाई उम्मेदवार बनाउँदा अर्घाखाँचीमा जित्न सक्नेछ कांग्रेसले

यी व्यक्तिलाई उम्मेदवार बनाउँदा अर्घाखाँचीमा जित्न सक्नेछ कांग्रेसले

दैनिकी न्यूज

१, आश्विन २०७९
यी व्यक्तिलाई उम्मेदवार बनाउँदा अर्घाखाँचीमा जित्न सक्नेछ कांग्रेसले
images

अर्घाखाँची । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट सम्भावित उम्मेदवारको नाम सार्वजनिक भइसकेको छ । यद्यपी यसपटक अर्घाखाँचीमा नेपाली कांग्रेसले चुनाव जित्न भने फरक रणनीति अवश्य अपनाउनु पर्नेछ । जस अनुसार उम्मेदवार चयन गर्दा नै गुट र टिकट वितरणको सन्तुलन मिलाउनु पर्नेछ ।

जिल्लामा चलेको चुनावी चर्चा र जिल्लाका शीर्ष नेताहरुमा यसपटकको चुनावमा व्यक्तिको नाम नै किटान गरेर उम्मेदवार बनाउन पार्टीलाई सुझाव दिइरहेका छन् । हालको चर्चा अनुसार आगामी चुनावमा अर्घाखाँचीमा प्रत्यक्षको लागि कांग्रेसबाट पुष्पा भुसाललाई अघि सार्ने संकेत देखिएको छ । तर जिल्लामा भुसाल दोधार र अडान नभएकी नेतृमा पर्छिन् ।

त्यस्तै समानुपातिकतर्फ डा. रामवहादुर विसी, रेवती भुसाल र पिताम्बर शर्मा भुसाललाई उम्मेदवार बनाउन सके जित्न सक्ने आधार देखिएको छ । डा. विसि पहिले शेरवहादुर गुट र हाल रामचन्द्र गुटमा छन् । त्यस्तै, रेवती रामचन्द्र पौडेल गुटका हुन् भने भुसाल गुटबिहीन नेताको रुपमा चिनिन्छन् ।

जिल्लाको प्रदेश ‘क’ प्रत्यक्षमा विष्णु मुस्कान, समानुपातिक ‘क’ मा तारा श्रेष्ठ र लक्ष्मी श्रेष्ठलाई पार्टीले अघि सानुपर्ने छ । मुस्कान रामचन्द्र गुट र श्रेष्ठ शेर वहादुर गुटका मानिन्छन् । लक्ष्मी श्रेष्ठको भने गुट खुलेको छैन । समानुपाति ‘ख’ तर्फ प्रत्यक्षमा रामचन्द्र गुटका कमल भुसाललाई अघि सार्दा उचित हुने धेरैको बुझाई छ ।

त्यस्तै समानुपातिकमा कमला आचार्य र सूर्य अधिकारीलाई पार्टीले उम्मेदवार बनाउदा जिल्लामा कांग्रेसले जित हात पार्न सक्ने सम्भावना देखिन्छ । अधिकारी दोधारे र अवसरवादी नेताका रुपमा छन् भने आचार्य शेर वहादुर निकट रहेको मानिन्छ । जिल्लाका पाका नेताहरुका अनुसार पनि कांग्रेसले जिल्लामा उम्मेदवार चयनमा समानता ल्याए कांग्रेसलाई फाइदा नै पुग्छ । यी व्यक्तिलाई उम्मेदवार बनाउँदा जिल्लामा कांग्रेसका सबै गुट र उपगुट समावेश हुन्छन् । सोहि आधारमा जिल्लामा चुनावी परिणाम पनि कांग्रेसको पोल्टामा पर्न सक्ने आकलन गरिएको छ ।

यसबाहेक गठबन्धनमा जाने हो भनेपनि अर्घाखाँची २ मा ६५ प्रतिशत कांग्रेस, २५ प्रतिशत माओवादी, दश प्रतिशत जनमोर्चा र दश प्रतिशत नेकपा एकिकृत समाजवादीले मत ल्याउन सक्ने छ । त्यस्तै १ मा नेपाली कांग्रेस, जनमोर्चा र माओवादीको बराबर मत ल्याउन सक्ने देखिन्छ । यसरी गठबन्धन भयो वा उम्मेदवार चयन भयो भने अर्घाखाँचीमा नेपाली कांग्रेसले बाजी मार्न सक्ने छ । त्यस्तै प्रदेश क मा तीनवटै पार्टीमा बराबर भोट आउने देखिन्छ ।

images
प्रकाशित मिति :आश्विन १, २०७९ शनिवार - ०६:३८:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology