Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट १० जना पक्राउ

दैनिकी न्यूज

३१, भाद्र २०७९
जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट १० जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३१ कात्यानीचोक डेरा गरी बस्ने दोलखा बैतेश्वर गाउँपालिका वडा नं. ५ घर भएकी ईन्दिरा तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तामाङको कोठामा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३४ हजार ९ सय ९० रूपैयाँ र १८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - १४:३०:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology