ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ८ टाउनप्लानिङ बस्ने ६६ वर्षीया सन्तुमाया श्रेष्ठको आफ्नै घरको २ तला माथिबाट खसेर बिहीबार बिहान मृत्यु भएको छ ।
२ तलामाथिबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारका लागि किष्ट अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।