Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत आग्रह

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत आग्रह

दैनिकी न्यूज

२९, भाद्र २०७९
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानभन्दा दक्षिणमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ।

देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदुरपश्चिम, गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

२०७९ भदौ २९ गते (बुधबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ।

२०७९ भदौ ३० गते (बिहीबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ। 

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ।

२०७९ भदौ ३१ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ।देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र सो को कारणले पहाडी तथा भिरालो जमिनमा  भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

images
प्रकाशित मिति :भाद्र २९, २०७९ बुधवार - ०७:१२:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology