Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

दैनिकी न्यूज

२८, भाद्र २०७९
जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
images

कास्की । पोखरा महानगरपालिका-७ पर्यटक बसपार्कस्थित २३ वर्षीय रेशम सुबेदीको सदाबहार रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको अवस्थामा सुबेदी लगायत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ६ सय २० रूपैयाँ र ५२ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :भाद्र २८, २०७९ मंगलवार - १३:४९:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology