ललितपुर । २९ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुर मनोहरी गाउँपालिका वडा नं. ३ मिलडाँडा घर भई हाल ललितपुर बाग्मती गाउँपालिका–२ बगुवा बस्ने ३९ वर्षीय राजाराम सुनारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुनारले ती महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भट्टेडाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।