Logo

आइतवार, आश्विन २५ गते २०८३

images

स्रोत नखुलेको १५ लाख नगद सहित दुई जना पक्राउ

स्रोत नखुलेको १५ लाख नगद सहित दुई जना पक्राउ

दैनिकी न्यूज

२६, भाद्र २०७९
स्रोत नखुलेको १५ लाख नगद सहित दुई जना पक्राउ
images

सर्लाही । मलंगवा नगरपालिका-८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको नगद १५ लाख १६ हजार रूपैयाँ सहित बाँके कोहलपुर नगरपालिका ६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका १२ बस्ने ३५ वर्षीय जनकराज हमाल लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेको बा ९८ प ७१५८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपाल सहितको टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :भाद्र २६, २०७९ आइतवार - १४:०४:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology