Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

दैनिकी न्यूज

२६, भाद्र २०७९
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
images

कास्की । पोखरा महानगरपालिका–१३ ऐश्वर्या टोल बस्ने ४४ वर्षीया सूर्य कुमारी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सूर्य कुमारी लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार २ सय ५५ हजार रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :भाद्र २६, २०७९ आइतवार - १३:५८:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology