Logo

आइतवार, आश्विन २५ गते २०८३

images

लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

दैनिकी न्यूज

२३, भाद्र २०७९
लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित
images

काठमाडौं । । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ।

बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई क्रिकेट टिमबाट निलम्बन गर्ने निर्णय गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए।

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान लामिछानेमाथि बलात्कारको आरोप लागेको छ।

१७ वर्षीया किशोरी बलात्कारको आरोपमा सन्दीपलाई पक्राउ गर्न अदालतले अनुमति दिए लगत्तै क्यानले निलम्बन गर्ने निर्णय गरेको हो।

अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएसँगै क्यानले तत्काल निलम्बनको निर्णय लिएको हो।

क्यारेवियन प्रिमियर लिग खेल्न सन्दीप भने वेस्ट इन्डिजमा छन्। अब प्रहरीले उनलाई जुनसुकै बेला पक्राउ गर्न सक्नेछ।

images
प्रकाशित मिति :भाद्र २३, २०७९ बिहिवार - २०:३४:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology