Logo

आइतवार, आश्विन २५ गते २०८३

images

गठबन्धनमा तालमेल सकसः चार पदमा गाँठो

गठबन्धनमा तालमेल सकसः चार पदमा गाँठो

दैनिकी न्यूज

२२, भाद्र २०७९
गठबन्धनमा तालमेल सकसः चार पदमा गाँठो
images

काठमाडौं । आगामी निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनमा ‘तालमेल हुने कि नहुने ?’ भन्ने मूल चुरो चार पदमा अड्किएको छ । कहिले भागबण्डा मिलेजस्तो त कहिले असहमति बढेजस्तो देखिँदै गठबन्धनभित्र राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सभामुख र राष्टिय सभा अध्यक्षमा ‘बार्गेनिङ’ जारी छ ।

निर्वाचन क्षेत्रअनुसार सहमति खोजेर तालमेलको गाँठो फुकाउने कसरतमा रहेका पाँच दलीय गठबन्धन आबद्ध दलबीचमा मूलगाँठो भने ती चार पदको भागबन्डामा अड्किएको हो । उच्च स्रोतका अनुसार नेपाली कांग्रेसले आगामी निर्वाचनपछि राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा इच्छा देखाएको छ । त्यस्तै, माओवादी केन्द्रले प्रधानमन्त्री पदमा चाहना गरिरहेको छ । नेकपा एकीकृत समाजवादीको पनि निर्वाचनपछिको राष्ट्रपति पदमा दाबी देखिएको छ ।

‘गठबन्धनबीच चुनावी तालमेल दुई/चार सिट तलमाथि भए पनि हुन्छ तर मूल चुरो चार पदमा अड्किएको छ,’ उच्च स्रोतले भन्यो, ‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभा अध्यक्षमा कुरा अड्किएको हो, सबैभन्दा बढी जोड राष्ट्रिय सभा अध्यक्षबाहेकका तीन पदमा छ ।’ त्यस्तै, जसपाले सभामुखमा चासो राख्दा जनमोर्चा पनि एक पद आफ्नो पक्षमा पार्ने दाउमा देखिएको छ । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :भाद्र २२, २०७९ बुधवार - ०६:२८:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology