Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बुधबार मकवानपुरसहित ३ जिल्लामा सार्वजनिक बिदा

बुधबार मकवानपुरसहित ३ जिल्लामा सार्वजनिक बिदा

दैनिकी न्यूज

२१, भाद्र २०७९
बुधबार मकवानपुरसहित ३ जिल्लामा सार्वजनिक बिदा
images

मकवानपुर । बागमती प्रदेश सरकारले बुधबार मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

चेपाङ समुदायको न्वागी (छोनाम) को अवसरमा प्रदेश सरकारले भदौ २२ गते बुधवार चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमवार सूचना प्रकाशित गरी यो जानकारी गराएको हो ।

‘बाग्मती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८–१२–०९ को निर्णयअनुसार चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको उपलक्ष्यमा भदौ २२ गते बुधवारको दिन प्रदेशका चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’। मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

images
प्रकाशित मिति :भाद्र २१, २०७९ मंगलवार - ०६:४६:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology