Logo

आइतवार, आश्विन २५ गते २०८३

images

अहिलेको निर्वाचन प्रणालीबाट भ्रष्टाचारमुक्त समाज परिकल्पना असम्भवः अध्यक्ष प्रचण्ड

अहिलेको निर्वाचन प्रणालीबाट भ्रष्टाचारमुक्त समाज परिकल्पना असम्भवः अध्यक्ष प्रचण्ड

दैनिकी न्यूज

२०, भाद्र २०७९
अहिलेको निर्वाचन प्रणालीबाट भ्रष्टाचारमुक्त समाज परिकल्पना असम्भवः अध्यक्ष प्रचण्ड
images

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीबाट भ्रष्टाचारमुक्त समाज परिकल्पना असम्भव भएको बताएका छन् । अहिलेको निर्वाचन प्रणालीलाई कायमै राखेर भ्रष्टाचारमुक्त समाज परिकल्पना सम्भव नभएको उनले बताए ।

माक्सवादी ज्ञान केन्द्रद्वारा काठमाडौँमा आइतबार आयोजित ‘नेपाली समाजवादको मार्गचित्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यो निर्वाचन प्रणालीले भ्रष्ट र दलाल पूँजीपति वर्गलाई नै अगाडि ल्याउने काम गरेको बताए ।

थाहै नपाई पार्टीका नेतालाई भ्रष्टीकरणमा जान बाध्य पार्ने बताउंदै उनले यसलाई अन्त्य गर्न कम्तीमा पनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक भएको बताए ।

चुनावपछि यो प्रणाली बदल्नका लागि म सडकमा जान्छु, सडकबाट मात्रै संविधानमा समाजवादको जे परिकल्पना गर्न खोजिएको हो, जे सपना देखेर कम्युनिष्ट र वामपन्थी एकता गर्न आवश्यक छ भनिएको हो त्यसलाई प्राप्त गर्न र अहिलेको निर्वाचन मेशिनरी र शासन मेशिनरी बदल्नका लागि जनतामा जानुको कुनै विकल्प छैन,उनले भने । प्रचण्डले कृषिको क्षेत्रमा क्रान्ति नल्याइ आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न असम्भव भएको बताए ।
रुस युक्रेन यद्धका कारण संसारभर आर्थिक सङ्कटको स्थिति पैदा भएको र अझ ताइवानको विषयमा अमेरिका र चीन आमनेसामने भइसकेपछि नयाँ राजनीतिक ध्रुवीरणको स्थिति देखा परेको उनको भनाइ रहेको थियो ।

कतिपय मुलुक खाद्यान्न रोक लगाउने अवस्थामा रहेकोले यसले कालान्तरमा आत्मनिर्भर अर्थतन्त्र बचाउनका निम्ति नकारात्मक रुपमा ठूलो भूमिका खेल्ने उनले बताए । राज्यले कतिपय निर्यात रोक्ने अवस्था आउनसक्ने भन्दै उनले अहिले नेपाल त्यस्तो स्थितिमा नरहेको बताए ।

images
प्रकाशित मिति :भाद्र २०, २०७९ सोमवार - ११:४२:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology