Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जापान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा सुब्बा पक्राउ

जापान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा सुब्बा पक्राउ

दैनिकी न्यूज

२०, भाद्र २०७९
जापान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा सुब्बा पक्राउ
images

काठमाडौं । जापान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मोरङ रतुवामाई नगरपालिका वडा नं. ९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट १३ लाख रुपैयाँ लिई सम्पर्क विहीन भएकी मिनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३१ सुविधानगरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

images
प्रकाशित मिति :भाद्र २०, २०७९ सोमवार - ११:३७:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology