Logo

आइतवार, आश्विन २५ गते २०८३

images

अब घरजग्गाको कारोबार गर्न लाइसेन्स चाहिने

अब घरजग्गाको कारोबार गर्न लाइसेन्स चाहिने

दैनिकी न्यूज

२०, भाद्र २०७९
अब घरजग्गाको कारोबार गर्न लाइसेन्स चाहिने
images

काठमाडौं । अब घरजग्गाको कारोबार गर्नका लागि लाइसेन्स लिनुपर्ने भएको छ । संसदमा पेश गरिएको ‘केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मालपोत ऐन २०३४ संशोधन गर्दै उक्त कुरा उल्लेख गरिएको छ ।

ऐनका दफा २६ को ‘क’ मा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तोकेको समयभित्रमा सोही सूचनामा उल्लेख भएबमोजिमको सिमाभन्दा बढी क्षेत्रफलको घरजग्गा कारोबार गर्न इजाजतपत्र लिनुपर्ने उल्लेख गरिएको छ ।

उक्त इजाजतपत्रका लागि ईच्छुक कम्पनीले राजपत्रमा तोकिएबमोजिमका कागजपत्रसहित निवेदन दिनुपर्ने बताईएको छ । उक्त लाइसेन्सको अवधि ५ बर्षसम्म हुने भएको छ । यदि लाइसेन्स नलिई तोकिएको क्षेत्रफलभन्दा बढी घरजग्गाको कारोबार गरेको खण्डमा १० लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने कुरा पनि ऐनमा उल्लेख गरिएको छ । लाइसेन्स नविकरण नगराएमा, लाइसेन्स लिने बेलामा झुट्ठा विवरण पेश गरेमा उक्त लाइसेन्स खारेज गर्न सकिने बताईएको छ ।

images
प्रकाशित मिति :भाद्र २०, २०७९ सोमवार - १०:२७:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology