Logo

आइतवार, आश्विन २५ गते २०८३

images

चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेन

चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेन

दैनिकी न्यूज

१८, भाद्र २०७९
चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेन
images

काठमाडौं । सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गएको जेठ २४ गते चिनी खरिदका लागि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद प्रक्रिया अगाडि बढ्न नसकेको हो । अर्थ मन्त्रालयले चिनी खरिद स्वीकृति मागको फाइल मन्त्रालयमा आए पनि खरिदको विषयमा अहिलेसम्म कुनै छलफल नभएको दाबी गरेको छ ।

मन्त्रालयका सूचना अधिकारी कमलकुमार भट्टराईले चिनी खरिदको फाइल आएको छ तर यसको प्रक्रिया अहिलेसम्म अगाडि बढेको जानकारी नभएको बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत ५० प्रतिशत भन्सार छुटमा ५० हजार टन चिनी खरिद गर्न गत जेठमै अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो तर वाणिज्य मन्त्रालयबाट चिनी खरिद स्वीकृति मागको फाइल कहाँ र कोसँग छ भन्ने नै पत्ता नलागेको भन्दै गैर जिम्मेवार जवाफ आएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :भाद्र १८, २०७९ शनिवार - ०७:२८:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology