कैलाली । सुदूर पश्चिममा आज सार्वजनिक विदा दिइएको छ। गौरा पर्वको बिदा कटौती गरेको प्रदेश सरकारको चौतर्फी विरोधपछि बिदा दिइएको हो।
प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले १७ गते बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ।