Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

दैनिकी न्यूज

१७, भाद्र २०७९
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
images

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा यातायात बन्द भएको छ। आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेका हुन्।

जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ।

निरन्तरको वर्षातका कारण पहिरो झर्ने क्रम रोकिएको छैन। पहिरो पन्छाउन समन्वय भइरहेको उनले बताए।

पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्। सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक खुलाइएको थियो। रासस

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - १०:१०:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology