Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बिरामीलाई चर्को पार्किङ शुल्क

बिरामीलाई चर्को पार्किङ शुल्क

दैनिकी न्यूज

१७, भाद्र २०७९
बिरामीलाई चर्को पार्किङ शुल्क
images

काठमाडौं । रामेछापकी लक्ष्मी केसीलाई उपचार गराउन वीर अस्पताल पुगेका विनोद केसीले दिनभरिको सवारी पार्किङबापत २७५ रुपियाँ तिर्नुपर्यो । वीर अस्पतालको आकस्मिक कक्षको सामुन्नेको सडकमा मोटरसाइकल पार्किङ गरेबापत सो रुपियाँ मागेपछि सुरुमा त उनी अक्मकिए तर त्यति शुल्क नबुझाएर उम्किनै पाएनन् ।

सवारीसाधन लिएर स्वास्थ्य उपचार गराउन वीर अस्पताल पुगेका बिरामी र कुरुवा पार्किङबापत चर्को शुल्क तिर्न बाध्य छन् । पार्किङबापत प्रतिघण्टा २५ रुपियाँ तिर्नुपर्छ । युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल ९वीर०का प्रमुख प्रशासकीय अधिकृत डा। भूपेन्द्र बस्नेतले पार्किङ शुल्क नलिइदिन पटक–पटक काठमाडौँ महानगरपालिकालाई पत्रमार्फत अनुरोध गरेकम थिए ।

सुनुवाइ नगरिएको गुनासो गर्दै उनले भने “अस्पताल अगाडि चर्को शुल्क उठाउनु गलत हो तर हाम्रो कुरा सुन्न पालिका तयार छैन ।”

उनले कतिपय बिरामीको दुई–तीन सय रुपियाँ पनि नभएकाले निःशुल्क उपचारका लागि सिफारिसको माग गर्न आउने गरेको बताउँदै थपे, “तर उनीहरू अस्पतालबाहिर पुगेपछि सवारी पार्किङबापत उपचार खर्चभन्दा बढी शुल्क तिर्न बाध्य छन् ।” गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - ०६:२६:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology