Logo

आइतवार, आश्विन २५ गते २०८३

images

गठबन्धन बैठकः सिट भागबन्डाको ड्राफ्ट बन्यो

गठबन्धन बैठकः सिट भागबन्डाको ड्राफ्ट बन्यो

दैनिकी न्यूज

१७, भाद्र २०७९
गठबन्धन बैठकः सिट भागबन्डाको ड्राफ्ट बन्यो
images

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट भागबन्डा विषयमा सत्तारूढ पाँच दलबीच सकस कायमै छ ।

बिहीबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन आबद्ध पाँचै दलका शीर्षतहका नेताको पटकपटकको बैठकले चुनावी सिट बाँडफाँटका लागि प्रारम्भिक खाका बनाए पनि सहमतिबिनै टुंगिएको हो ।

निरन्तरको बैठकमा आआफ्ना अडान राख्दै आएका शीर्षनेता दलगत रूपमै एक कदम ‘ब्याक’ हुन तयार भएपछि भागबन्डाको प्रारम्भिक खाका बनेको बताइएको थियो । तर, सो खाकामा पनि जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अन्तिम सहमत नदिएपछि बैठक बिनानिष्कर्ष सकिएको हो ।

बालुवाटार उच्चस्रोतका अनुसार शीर्षतहमा बनेको सिट बाँडफाँट खाकामा कांग्रेस सय सिट दाबीबाट ‘ब्याक’ भएको छ । जसअनुसार कांग्रेसले ८५ सिट लिएर गठबन्धनका अन्य दलले ८० सिटभित्र बाँडफाँट गर्नेगरी खाका बनाइएको थियो ।

बालुवाटारमा तयार प्रारम्भिक भागबन्डाको खाकाअनुसार नेकपा माओवादी केन्द्रले ४५ सिट, नेकपा एकीकृत समाजवादीलाई १८ सिट, जसपालाई १५ र राष्ट्रिय जनमोर्चालाई २ सिट दिनेगरी प्राम्भिक खाका तयार गरिएको थियो । यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - ०६:०९:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology