Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार श्रेष्ठ कलंकीबाट पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार श्रेष्ठ कलंकीबाट पक्राउ

दैनिकी न्यूज

१५, भाद्र २०७९
बैंकिङ कसूर मुद्दाका फरार श्रेष्ठ कलंकीबाट पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने धुव्रेन्द्र बहादुर श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको गत असार २४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ दिन कैद र १८ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनसुन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।

श्रेष्ठले एभरेष्ट बैंक लिमिटेड कलंकी शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई काठमाडौं जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।

images
प्रकाशित मिति :भाद्र १५, २०७९ बुधवार - १७:३०:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology