Logo

आइतवार, आश्विन २५ गते २०८३

images

उम्मेदवार सिफारिसमा पैसा नउठाउनुस्ः काङ्ग्रेस

उम्मेदवार सिफारिसमा पैसा नउठाउनुस्ः काङ्ग्रेस

दैनिकी न्यूज

१४, भाद्र २०७९
उम्मेदवार सिफारिसमा पैसा नउठाउनुस्ः काङ्ग्रेस
images

काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको सङ्घीय र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि रकम उठाएको सूचना पाएपछि नेपाली काङ्ग्रेसले सो कार्य रोक्न निर्देशन दिएको छ। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक परिपत्र जारी गदै जिल्ला, क्षेत्र र प्रदेश कार्य समितिलाई पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएका हुन्।

विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने शुल्क तथा सहयोग रकम (लेबी) बाहेक अन्य रकम लिने कार्य वैधानिक नहुने पौडेलले जारी गरेको परिपत्रमा उल्लेख छ।

images
प्रकाशित मिति :भाद्र १४, २०७९ मंगलवार - ०९:३८:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology