Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

दैनिकी न्यूज

१२, भाद्र २०७९
सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै
images

काठमाडौँ । आगामी मंसिर ४ गते तय भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँडको टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा ४ बजे बस्नेछ।


यसअघि बसेको कार्यदल बैठकमा सत्तारूढ दलहरूले आफ्ना(आफ्ना दाबी पेस गरेका थिए। नेपाली कांग्रेसले सबैभन्दा धेरै सिटमा दाबी गरेको थियो भने दोस्रो स्थानमा नेकपमा मा‌ओवादी केन्द्रले गरेको थियो।

नेपाली कांग्रेसले एक सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेस गरेका थिए। जसकारण दलहरू सिट बाँडफाँडको निष्कर्षमा पुग्न नसकेका हुन्।

images
प्रकाशित मिति :भाद्र १२, २०७९ आइतवार - ०९:५१:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology