Logo

आइतवार, आश्विन २५ गते २०८३

images

हजुरलाई नमस्ते परोपकारी संस्थाले वाफलस्थित सडक किनारमा थुप्रीएको फोहोर उठायो

हजुरलाई नमस्ते परोपकारी संस्थाले वाफलस्थित सडक किनारमा थुप्रीएको फोहोर उठायो

दैनिकी न्यूज

११, भाद्र २०७९
हजुरलाई नमस्ते परोपकारी संस्थाले वाफलस्थित सडक किनारमा थुप्रीएको फोहोर उठायो
images

काठमाडौं । काठमाडौंको बाफलस्थित सडक किनारमा ६ महिनादेखि थुप्रिएको फोहोर उठाइएको छ । हजुरलाई नमस्ते परोपकारी संस्थाका अध्यक्ष तारा बहादुर कुँवरको अगुवाइमा उक्त फोहोर उठाएर सिसडोलमा ढुवानी गरिएको हो ।

कुँवरले आफ्नै गाडी प्रयोग गरि २० टिभ फोहोर सिसडोलमा पु¥याएका छन् । पछिल्लो समय चक्रपथ सडकखण्डको ठाउँ ठाउँमा फोहोर थुप्रिएको छ।

महानगरले फोहोर उठाउन छाडेपछि चक्रपथ सडकखण्ड दुर्गन्धित बनेपछि केही व्यवसायीहरुले आफै फोहोर उठाएर ढुवानीमा महानगरलाई सहयोग गर्दै आइरहेका छन् ।

आफुले हरेक शनिबार कलङ्की, बाफल, बालाजु लगायत क्षेत्रको सडक सफाई गर्दै आइरहेको हजुरलाई नमस्ते ट्रेडलिङ्कका अध्यक्ष समेत कुँवरले जानकारी दिए। उनका अनुसार उक्त संस्थाको अगुवाइमा हरेक शनिवार चक्रपथ सफाई गर्दै आएको छ ।

कुवरले सडकमा जथाभावी फोहोर फाल्नेलाई प्रशासनलाई खबर गरी कारवाही गर्ने तयारी पनि गरेको बताए।

images
प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - २०:३०:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology