Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सरकारी कर्मचारीले सेवाग्राहीलाई दिनुपर्ने समयको ख्याल गरौंः उर्जामन्त्री भुसाल

सरकारी कर्मचारीले सेवाग्राहीलाई दिनुपर्ने समयको ख्याल गरौंः उर्जामन्त्री भुसाल

दैनिकी न्यूज

१०, भाद्र २०७९
सरकारी कर्मचारीले सेवाग्राहीलाई दिनुपर्ने समयको ख्याल गरौंः उर्जामन्त्री भुसाल
images


ललितपुर । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसालले सरकारी कर्मचारीले सेवाग्राहीलाई सेवा दिनुपर्ने समयमा कार्यालयभन्दा बाहिरी कार्य र गतिविधिमा नलाग्न आग्रह गरेकी छिन् । शुक्रवार नेपाल राष्ट्रिय कर्मचारी महासंघ, जिल्ला समिती ललितपुरको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भुसालले कर्मचारीले सेवाग्राहीलाई दिनुपर्ने समयको ख्याल गर्नुपर्ने बताएकी हुन्।

मन्त्री भुसालले कर्मचारीको पेशागत सुरक्षाका लागि कर्मचारी महासंघले प्रभावकारी भुमिका खेलेको भन्दै यसमा सरकारी आवश्यक सहयोग समेत गरिरहेको बताइन् । ‘कर्मचारीको सेवा पारदर्शी हुनुपर्छ, सङ्घीय गणतान्त्रिक मूल्य, मान्यतालाई ख्याल गरेर कर्मचारीले काम गर्नुपर्छ,’ उनले भनिन्, ‘राष्ट्र सेवक कर्मचारीका अधिकारको लागि म र मेरो मन्त्रालय प्रतिबद्ध छ ।’ तर कतिपय कर्मचारी राजनीति स्वार्थ समेत बोकेर हिड्दा त्यसले प्रशासनिक विकृती ल्याएको टिप्पणी गरिन् । उनले सरकारी कर्मचारी सेवा प्रवाहमा नमुना बन्ने हो भने सेवाग्राहीलाई सहज हुने र त्यसले प्रशानिक सुधार ल्याउने बताइन् । मन्त्री भुसालले २०७५ मा आएको संघीय निजामती ऐनलाई कार्यान्वयन भन्दा पनि संशोधन गर्नुपर्ने बताइन् । उक्त ऐनमा विशिष्ट श्रेणीका कर्मचारी करारमा ल्याउने व्यवस्था पनि सुरु गर्दा उचित हुने उनको भनाई छ । त्यसको लागि आफूले ऐन संशोधनको प्रस्ताव संसदमा लगेपनि पास नभएको उनले बताइन् । महासंघ जिल्ला समिति ललितपुरका अध्यक्ष काशी दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले कर्मचारीको हक हित र समस्या समाधानको लागि महासंघले आफ्नो भुमिका निभाउँदै आएको बताए । उनले यस्ता सङ्गठनले कर्मचारीको अझ मनोवल बढाउने गरि काम गर्नुपर्ने तर्क राखे । शुक्रबारको भेला तथा सम्मलेनले नयाँ कार्यसमिति पनि चयन गर्नेछ ।

images
प्रकाशित मिति :भाद्र १०, २०७९ शुक्रवार - २०:३९:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology