Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

दैनिकी न्यूज

१०, भाद्र २०७९
आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
images

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजे बस्ने छ।

आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरेका एजेण्डामाथि छलफल गर्नेछ ।

हिजो बसेको पोलिटब्युरो बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारी, उम्मेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका ११ एजेण्डा तय गरेको छ । त्यस्तै सङ्गठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेण्डा पनि तय गरेको छ ।

images
प्रकाशित मिति :भाद्र १०, २०७९ शुक्रवार - ०८:४०:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology