Logo

आइतवार, आश्विन २५ गते २०८३

images

पाँच जना एसपीको काज सरुवा

पाँच जना एसपीको काज सरुवा

दैनिकी न्यूज

९, भाद्र २०७९
पाँच जना एसपीको काज सरुवा
images

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ५ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ। बुधबार सूचना प्रकाशित गरी प्रधान कार्यालयले काज सरुवा गरेको जानकारी दिएको हो।

त्यस अनुसार वीरबहादुर ओलीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट जिल्ला प्रहरी कार्यालय दाङ पठाइएको छ भने जिप्रका दाङबाट सुरेश प्रसाद काफ्ले अपराध अनुसन्धान विभाग महाराजगञ्जमा ल्याइएको छ।

यस्तै, महेन्द्र खड्का सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट बागमती प्रदेश कार्यालय हेटौँडा पुगेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाका सन्तोष सिंह राठौरलाई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल खटाइएको छ भने लुम्बिनी प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध महाशाखा दाङमा कार्यरत खडक बहादुर खत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा काज सरुवा गरिएको छ।

images
प्रकाशित मिति :भाद्र ९, २०७९ बिहिवार - ०६:३०:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology