Logo

आइतवार, आश्विन २५ गते २०८३

images

डेढ वर्षपछि खुल्यो ट्रान्जिट, पर्यटन व्यवसायी हौसिए

डेढ वर्षपछि खुल्यो ट्रान्जिट, पर्यटन व्यवसायी हौसिए

दैनिकी न्यूज

८, भाद्र २०७९
डेढ वर्षपछि खुल्यो ट्रान्जिट, पर्यटन व्यवसायी हौसिए
images

काठमाडौं । कोरोना सङ्क्रमणका कारण झन्डै डेढ वर्षदेखि नेपालको बाटो हुँदै तेस्रो मुलुकमा जान कायम रहेको प्रतिबन्ध सरकारले हटाएको छ। विदेशी नागरिकलाई नेपाली बाटो हुँदै तेस्रो मुलुक जान लाग्दै आएको प्रतिबन्ध सोमबारको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको हो।

यसअघि अध्यागमन विभागले २०७८ वैशाख १५ गते रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तेस्रो मुलुक जाने यात्रुमाथि प्रतिबन्ध लगाएको थियो। कोभिड महामारीका बेला नेपालमा थप सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले प्रतिबन्ध लगाइएको थियो। महामारी कम भएसँगै लागू गरिएका हवाई उडानसम्बन्धी सबै प्रतिबन्ध भने यसअघि नै हटिसकेका थिए। प्रतिबन्ध हटेसँगै अब भने नेपाली विमानस्थललाई ट्रान्जिटका रूपमा प्रयोग गरी विदेशी नागरिक तेस्रो मुलुक जान पाउनेछन्। यसअघि विशेष गरी भारत, भुटान र बङ्गलादेशका नागरिक नेपाललाई ट्रान्जिट गरेर युरोप, अमेरिका, जापान, अस्ट्रेलिया, साउदीलगायतका मुलुक जाने गरेका थिए।

यसैबीच सरकारले विदेशी नागरिकलाई नेपालको बाटो प्रयोग गरेर यात्रा गर्न दिने भएपछि पर्यटन व्यवसायीसमेत हौसिएका छन्। प्रतिबन्ध हटेसँगै हवाई उडान र पर्यटकीय चहल–पहल बढ्ने विश्वास गरिएको छ भने यो निर्णयले पर्यटन क्षेत्रमा उत्साह थपिएको छ। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :भाद्र ८, २०७९ बुधवार - ०७:२२:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology