Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नागरिकता विधेयक राष्ट्रियसभामै अल्झिने संकेत

नागरिकता विधेयक राष्ट्रियसभामै अल्झिने संकेत

दैनिकी न्यूज

७, भाद्र २०७९
नागरिकता विधेयक राष्ट्रियसभामै अल्झिने संकेत
images

काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक (२०७९) राष्ट्रियसभाबाट पारित हुन कम्तीमा एक साता ढिलो हुने भएको छ। प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुनर्विचारको सन्देशको बेवास्ता गरी पारित गरिएको उक्त विधेयक राष्ट्रियसभाको बैठक ६ दिन पर धकेलिएसँगै त्यसलाई अघि बढाउने प्रक्रियामा ढिलाइ हुने भएको हो।

शनिबार राति निधन भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेर राष्ट्रियसभाको बैठक यही भदौ १२ गते आइतबारका लागि तोकिएको छ। तर प्रतिनिधिसभाको बैठक भने मंगलबारका लागि नै बोलाइएको छ।

राष्ट्रपतिसमक्ष दुवै सदनले पारित गरेको नागरिकता विधेयक यसअघि गत साउन १४ गते प्रमाणीकरणका लागि पठाइएको थियो। राष्ट्रपतिले पुनर्विचार गर्न भन्दै गत साउन २९ गते संसझै फिर्ता पठाएकी थिइन् ।

राष्ट्रपतिले नागरिकता विधेयकको संवेदनशीलतालाई औंल्याउँदै केही पक्षमा पुनर्विचार गर्न पठाए पनि प्रतिनिधिसभाले भदौ २ गते जस्ताको तस्तै पारित गरेको थियो। यो समाचार नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०७९ मंगलवार - ०६:५४:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology