Logo

आइतवार, आश्विन २५ गते २०८३

images

प्रदीप गिरिको निधनमा कल्याणपुर नगरपालिकामा शोक बिदा

प्रदीप गिरिको निधनमा कल्याणपुर नगरपालिकामा शोक बिदा

दैनिकी न्यूज

६, भाद्र २०७९
प्रदीप गिरिको निधनमा कल्याणपुर नगरपालिकामा शोक बिदा
images

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ।

कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ।

लहान नगरपालिका–१४ निवासी गिरीको निधनमा लहानले आइतबार सार्वजनिक बिदा दिएको थियो।

भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको थियो।

उनको शनिबार राति उपचारकै क्रममा निधन भएको थियो। रासस

images
प्रकाशित मिति :भाद्र ६, २०७९ सोमवार - ०९:०३:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology