Logo

आइतवार, आश्विन २५ गते २०८३

images

देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने

देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने

दैनिकी न्यूज

६, भाद्र २०७९
देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने
images

काठमाडौं । देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले जनाएको छ । त्यसका लागि ७७ करोड रुपियाँ थप खर्च लाग्ने कम्पनीको दाबी छ । कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र पठाएर उक्त जानकारी दिएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूरै प्लेट देवनागरी लिपिमा लेख्न सकिने वा नसकिने र त्यसका लागि केके गर्नुपर्छ भन्नेबारेमा कम्पनीलाई पत्र पठाएको थियो । सोही पत्रको जबाफमा कम्पनीले थप लगानी र समय लाग्ने बताएको हो। पहिलो सम्झौता चार अर्ब ६७ करोड रुपियाँको थियो।

यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतले भने, “देवनगरी लिपिमा लेख्न सम्भव रहेको पत्र आएको छ तर त्यसका लागि समय र लगानी थप गर्नुपर्ने माग गरिएको छ। पत्र यातायात मन्त्रालयमा पठाएका छौँ।” मन्त्रालयले कम्पनीलाई विस्तृत विवरणसहितको खर्च माग्ने भएको छ। मन्त्रालयका प्रवक्ता चूडाराज ढकालले भन्नुभयो, “खर्च बढी हुने देखिएको छ । पुनः विस्तृत वितरण माग्ने भनेका छौँ । छलफलमै छौँ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :भाद्र ६, २०७९ सोमवार - ०६:४०:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology