Logo

आइतवार, आश्विन २५ गते २०८३

images

काउली र गोलभेँडामा घातक विषादी

काउली र गोलभेँडामा घातक विषादी

दैनिकी न्यूज

१, भाद्र २०७९
काउली र गोलभेँडामा घातक विषादी
images

काठमाडौँ । काउली र गोलभेँडासहित विभिन्न पाँच किसिमका तरकारीमा घातक विषादीको अवशेष पाइएको छ । कालीमाटी तरकारी बजारमा रहेको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशालामा परीक्षण गरेका तरकारीका नमुनामध्ये काउली, तुनेबोडी, गोलभेँडा, हरियो खुर्सानी र भेँडेखुर्सानीमा बढी विषादीको अवशेष फेला परेको पाइएको हो ।

केन्द्रीय कृषि प्रयोगशालाका अनुसार कालीमाटीको विश्लेषण एकाइमा गत आर्थिक वर्ष २०७८–७९ मा दुई हजार ८८३ वटा नमुनाको परीक्षण गरिएकोमा ४६ वटामा अत्यधिक विषादी अवशेष भेटिएको हो । परीक्षण गरिएका नमुनामध्ये तोरीको साग, काउली, हरियो खुर्सानी, गोलभेँडामा सातरसात वटा खान नहुने विषादीको अवशेष भेटिएको थियो । यस्तै तुनेबोडीमा पाँचवटा, काँक्रो र घिउ सिमीमा तीन÷तीनवटा, भेँडेखुर्सानी र गाँजरमा दुई÷दुई वटा, हरियो फर्सी, बन्दा सलगममा एक÷एक वटामा विषादीको अवशेष भेटिएको थियो । यी तरकारीमा विषादीको रोकावट दर ४५ देखि १२० प्रतिशतसम्म थियो ।

यस्तै सो अवधिमा २९ किसिमका तरकारीमा केही दिन पर्खेर पुनः परीक्षणमा रिपोर्ट ठीक भएमा खान मिल्ने विषादीको अवशेष भेटियो । यो भनेको विषादीको रोकावट दर ३५ देखि ४५ प्रतिशत हो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम भएकालाई मात्र सहज खान मिल्ने भनी वर्गीकरण गरिएको छ । त्यसो त एकाइ सञ्चालनमा आएको पहिलो वर्ष (२०७१ असार) एक महिनामा परीक्षण भएका १८७ नमुनामध्ये २६ वटा तरकारीमा खान नमिल्ने विषादीको अवशेष देखिएको थियो ।

चितवन र सर्लाहीको तरकारीमा बढी विषादी
कालीमाटी बजारमा भित्रिएका तरकारीको नमुना परीक्षण गरिएकोमा सबैभन्दा बढी विषादीको अवशेष चितवन र सर्लाहीबाट आएका तरकारीमा पाइएको छ । गत आर्थिक वर्षमा उपत्यकासहित २३ जिल्लाबाट आएका तरकारीको नमुना परीक्षण गरिएकोमा चितवन र सल्र्लाहीमा नौ÷नौ वटामा खान नहुने विषादीको अवशेष भेटिएका छन् । यस्तै धादिङबाट आएका तरकारीमध्ये आठवटा नमुनामा खान नहुने विषादीको अवशेष भेटिएको छ भने काठमाडौँ, काभ्रेबाट आएका तरकारीको नमुना परीक्षण गर्दा क्रमशः चार र तीनवटामा विषादी भेटिएको केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र १, २०७९ बुधवार - ०७:२९:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology