Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नागरिकता विधेयक फास्ट ट्रयाकबाट पुन: राष्ट्रपतिसमक्ष पठाइने

नागरिकता विधेयक फास्ट ट्रयाकबाट पुन: राष्ट्रपतिसमक्ष पठाइने

दैनिकी न्यूज

३१, श्रावण २०७९
नागरिकता विधेयक फास्ट ट्रयाकबाट पुन: राष्ट्रपतिसमक्ष पठाइने
images

काठमाडौं । राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसद्मा फिर्ता भएको नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट राष्ट्रपतिसमक्ष पठाउने तयारी गरिएको छ ।

गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय भएको भन्दै विधेयक फिर्ता भए पनि सत्तारुढ दलले बहुमतको बलमा यसलाई जस्ताको तस्तै राष्ट्रपतिसमक्ष पठाउने तयारी गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्दप्रसाद कोइरालासँग छलफल गरेपछि कार्य व्यवस्था परामर्श समितिको बैठकबिनै मंगलबारको कार्यसूचीमा नागरिकता एन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सन्देशसहित फिर्ताबारे राष्ट्रपतिको कार्यालयको पत्र जानकारी गराउने विषय राखेका छन् । फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल गर्ने गरिन्छ । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - ०६:३१:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology