Logo

आइतवार, आश्विन २५ गते २०८३

images

रोटरी क्लब ललितपुरद्वारा एक दिने स्वास्थ शिविर सन्चालन

रोटरी क्लब ललितपुरद्वारा एक दिने स्वास्थ शिविर सन्चालन

दैनिकी न्यूज

२८, श्रावण २०७९
रोटरी क्लब ललितपुरद्वारा एक दिने स्वास्थ शिविर सन्चालन
images

ललितपुर।  रोटरी क्लब अफ ललितपुर र रोट्ट्रयाक क्लब अफ ललितपुरको आयोजनामा एक दिने स्वास्थ शिविर सन्चालन गरिएको छ ।

शनिवार ललितपुरको सिन्चाहिटी र दौवहानमा उक्त कार्यक्रम आयोजना गरिएको हो । मतया: जात्राको क्रममा हिड्दा खुट्टामा लाग्न सक्ने चोटपटक र स्वास्थमा हुने अन्य समस्यालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको रोटरी क्लब अफ ललितपुरमा अध्यक्ष सरोज डङ्गोलले बताए ।

उनका अनुसार सिविरमा करिव ४ सयले लाभ लिएका छन् । मतया जात्राको क्रममा लगातार १५ घन्टा हिड्नुपर्छ । कतिपयलाई चोटपटक लाग्न सक्छ । कतिपय स्वस्थ्यमा अन्य समस्या हिड्न सक्दैनन् ।

सोही अवस्थालाई मध्यनजर गर्दै यो शिविर सन्चालन गरिएको हो ।

rotary club lalitpur2.jpg

rotary club  lalitpur.jpgrotary club lalitpur.jpg

images
प्रकाशित मिति :श्रावण २८, २०७९ शनिवार - १३:२८:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology