Logo

आइतवार, आश्विन २५ गते २०८३

images

वाईसिएलले कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने

वाईसिएलले कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने

दैनिकी न्यूज

२८, श्रावण २०७९
वाईसिएलले कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन वाईसिएल नेपालले आफ्ना कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने उद्देश्य सहित वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

शनिवार राजधानीको के एल टावर स्थित हलमा तालिम सञ्चालन हुने वाईसिएल नेपालले बताएको छ। युवा संगठन बेरोजगारहरुको सङ्गठन जस्तो हुन्नहुने भन्दै विभिन्न तवरले जागीर पेसा भन्दा बाहिर रहेका युवाहरुलाई निःशुल्क स्वरोजगार बनाउन तालिम सञ्चालन गरिएको वाईसिएल संयोजक सुमन देवकोटाले जानकारी दिए।

यसमा एक भुगोलबाट कम्तिमा २० जनालाई अनिवार्य उपस्थितिको लागि सुचित गरिएको छ। सामन्तवादी सोचहरु त्यागेर उद्यमशिलता र स्वरोजगारको तालीम सञ्चालन गरी नवयुवाहरूको भाग्य र भविष्य, मेहनत र पसिनामा रहेको उद्घोष गर्न वाईसिएल देशकै एकमात्र सङ्गठन भएको संयोजक देवकोटा दावी छ।

झण्डा र डण्डा बोकेर दगुर्ने संगठन वाईसिएल नभएको संयोजक देवकोटा बताए। साथै वाईसिएल नेपालले दोस्रो राष्ट्रिय भेलाको मुल नारा पनि “आत्मनिर्भताका लागी नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौं ! सुदृढ संगठन विस्तारका लागी दोस्रो राष्ट्रिय भेला सफल पारौं !!” भन्ने तय गरेको छ ।

images
प्रकाशित मिति :श्रावण २८, २०७९ शनिवार - ०७:२३:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology