Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने महालक्ष्मी नगरपालिकाका राजथला पक्राउ

सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने महालक्ष्मी नगरपालिकाका राजथला पक्राउ

दैनिकी न्यूज

२६, श्रावण २०७९
सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने महालक्ष्मी नगरपालिकाका राजथला पक्राउ
images

ललितपुर । सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने २४ वर्षीय अमर राजथलालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा नक्कली प्रोफाइल मार्फत महिलालाई साथी बनाई मेसेन्जरमा सम्वाद गर्ने क्रममा पीडकले अश्लिलता प्रदर्शन गरी सो को स्क्रिन सट लिई सामाजिक सञ्जालमा प्रशारण गरी अपमान बेइज्जत गरी दिन्छु भनि बाध्य पारी पीडित महिलालाई समेत अश्लिलता प्रदर्शन गर्न लगाई रेकर्ड राखी सामाजिक सञ्जालमा प्रशारण गर्छु भनि बारम्बार बार्गेनिङ सहित ब्ल्याकमेल गरी आर्थिक लाभ लिन खोजेको र उक्त अभिप्राय पूरा नभएपश्चात पीडितका आफन्त तथा साथीहरुलाई समेत अश्लिलता प्रदर्शनसंग सम्वन्धीत रेकर्ड पठाई महिलालाई मानसिक यातना तथा दुस्ख हैरानी दिने जस्ता कार्य गरेको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :श्रावण २६, २०७९ बिहिवार - २०:५४:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology