Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने

नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने

दैनिकी न्यूज

२५, श्रावण २०७९
नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने
images

काठमाडौँ । तलब फरक भएको भन्दै विरोध गर्दै आइरहेका देशभरका नायब सुब्बा (नासु) ले आज एक घण्टा पेन डाउन गर्ने भएका छन्।

बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म देशभरका सबै सरकारी कार्यालयका नासुहरूले एक घण्टा पेन डाउन गर्ने भएका हुन्।

यस आर्थिक वर्षको बजेटमा घोषणा भएअनुसार तलब नबढाएको उनीहरूको आरोप छ।

नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुले सोमबारदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि धर्ना थालेका थिए।

नेपाल निजामती कर्मचारी संगठनले यसअघि विज्ञप्ति जारी गरी मन्त्रालयको नयाँ तलबमानमा असन्तुष्टि पोखेको थियो।

images
प्रकाशित मिति :श्रावण २५, २०७९ बुधवार - ०९:३६:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology