Logo

आइतवार, आश्विन २५ गते २०८३

images

तेमालमा जनैपूर्णिमामा दुई दिन सार्वजनिक बिदा

तेमालमा जनैपूर्णिमामा दुई दिन सार्वजनिक बिदा

दैनिकी न्यूज

२५, श्रावण २०७९
तेमालमा जनैपूर्णिमामा दुई दिन सार्वजनिक बिदा
images

काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ । यही साउन २६ र २७ गते पालिका भित्रका सबै कार्यालय, शैक्षिक सङ्घ÷संस्था र स्वास्थ्य संस्था बन्द हुने छन् ।

गाउँपालिकाको केन्द्रमा पर्ने नारायण मन्दिर परिसरमा हरेक जनैपूर्णिमाको अवसरमा भव्य मेला लाग्ने भएकाले त्यसका लागि गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नारायणथान जात्राको रुपमा समेत परिचित सो जात्रा मनाउन तेमाललगायत आसपासका क्षेत्रका बासिन्दाको समेत सहभागिता रहँदै आएको छ ।

परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन जात्रा हुने गरेकाले पर्व मनाउन दुई दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताए ।

images
प्रकाशित मिति :श्रावण २५, २०७९ बुधवार - ०६:५७:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology