Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार गुप्ता पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार गुप्ता पक्राउ

दैनिकी न्यूज

२४, श्रावण २०७९
बैंकिङ कसूर मुद्दाका फरार गुप्ता पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका–१० ज्योतिनगर एकतावस्ती कपन बस्ने सर्लाही ब्रम्हपुरी गाउँपालिका-२ घर भएका ३४ वर्षीय रौशन कुमार गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ फागुन २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० ज्योतिनगर एकतावस्ती कपनबाट पक्राउ गरेको हो ।

गुप्ताले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी सानिमा वैंक लिमिटेड काठमाडौंमा रहेको खाताबाट रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०७९ मंगलवार - ०६:०४:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology