Logo

आइतवार, आश्विन २५ गते २०८३

images

स्रोत नखुलेको नगद सहित गोरखाका घ्याल्चेन पक्राउ

स्रोत नखुलेको नगद सहित गोरखाका घ्याल्चेन पक्राउ

दैनिकी न्यूज

१९, श्रावण २०७९
स्रोत नखुलेको नगद सहित गोरखाका घ्याल्चेन पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका–६ तिनचुली बगला मार्ग बस्ने गोरखा चुमनुब्री गाउँपालिका-१ घर भएका २४ वर्षीय धावा घ्याल्चेनलाई स्रोत नखुलेको नगद ४९ लाख ५० हजार ५० रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ भूकुटी चोकबाट बा।९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपैयाँ सहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले उनको डेरा कोठाबाट थप १७ लाख ५० हजार रूपैयाँ फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण १९, २०७९ बिहिवार - १५:०९:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology