Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ट्राफिक प्रहरीले विशेष चेकिङ्लाई थप कडाई गर्दै

ट्राफिक प्रहरीले विशेष चेकिङ्लाई थप कडाई गर्दै

दैनिकी न्यूज

१९, श्रावण २०७९
ट्राफिक प्रहरीले विशेष चेकिङ्लाई थप कडाई गर्दै
images

काठमाडौं । ट्राफिक प्रहरीले आज गरेको विशेष चेकिङका क्रममा २ सय ६३ जना चालक कारबाहीमा परेका छन् । पानी बोक्ने सवारी साधन ७१ ओटा, एम्बुलेन्स ५ ओटा र अन्य सवारी साधन १ सय ८७ गरी जम्मा २ सय ६३ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले आज गरेको विशेष चेकिङका क्रममा कारबाही गरेको हो । जसमा मदिरा सेवन गरी सवारी साधन चलाउने ७ जना चालक समेत कार्वाहीमा परेका छन्। जसमध्ये २ जना स्कुल बसका चालक रहेका छन् । हाईड एन्ड सिक मन्टेश्वरी स्कुल सानो भर्याङको प्रदेश ३ ०१ ०२३ च ३३६८ नम्बरको भ्यान चालक बिरेन्द्र तामाङ र फ्लोरोसेन्ट ईङ्लिस हायर सेकेन्डरी स्कुल बानियटारको बा २ क ६५७ नम्बरको बस चालक खिम प्रसाद पुनलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुले मदिरा सेवन गरी स्कुलको सवारी साधन चलाएको पाईएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाही पश्चात सम्बन्धित स्कुलका प्रधानाध्यापकलाई जिम्मा लगाएको छ । त्यस्तै मदिरा सेवन गरी पानी बोक्ने सवारी साधन चलाउने चालक ३ जना र अन्य सवारी साधन चलाउने २ जना चालक समेत कार्वाहीमा परेका छन् । नम्बर प्लेट नराखी चलाएको एउटा एम्बुलेन्सलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको हो ।

आरक्षण सिटको कार्यान्वयन नगर्ने ७९ ओटा माइक्रो तथा बसका चालकलाई ट्राफिक प्रहरीले आज कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट अनुगमनमा खटिएको टोलीले आरक्षण सिटको कार्यान्वयन नगर्ने सवारी चालकलाई कारवाही गरेको हो । काठमाडौँ उपत्यकाको रत्नपार्क, स्वयम्भु, सोख्रखुट्टे, बौद्ध र जावलाखेल क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा ट्राफिक प्रहरीले अनुगमन गर्दा सवारी साधनमा छुट्याइएका आरक्षण सिटमा सम्बन्धित व्यक्तिहरू नराखेको पाइएकोले कारवाही गरीएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । महिला, अशक्त तथा जेष्ठ नागरीक भनी छुट्याइएका आरक्षण सिटको कार्यान्वयन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले विशेष अनुगमन टोलीनै बनाएर काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा चेक गरी कारबाही गर्दै आएको छ ।

images
प्रकाशित मिति :श्रावण १९, २०७९ बिहिवार - ०९:०४:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology