Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मनसुनजन्य विपद्का कारण जेठ यता ९७ जनाको मृत्यु

मनसुनजन्य विपद्का कारण जेठ यता ९७ जनाको मृत्यु

दैनिकी न्यूज

१९, श्रावण २०७९
मनसुनजन्य विपद्का कारण जेठ यता ९७ जनाको मृत्यु
images

काठमाडौं । मनसुनजन्य विपद्का दुई महिनामा देशभर ९७ जनाको ज्यान गएको छ । यस वर्ष १८ जेठबाट नेपालमा मनसुन हो । सो मितियता १८ साउनसम्मको दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का ७ सय १० घटनामा परी ९७ जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यो अवधिमा चार जना बेपत्ता तथा २ सय १५ घाइते भएको र ८ सय ७० परिवार प्रभावित भएका छन् । यस वर्ष मनसुनजन्य विपद्बाट २० लाख मानिस प्रभावित हुने आङ्कलन गरिएको छ । दुई महिने अवधिमा १ सय ५७ घर पूर्ण रूपमा क्षति हुँदा २ सय ४७ घर आंशिक प्रभावित बन्न पुगेको छ । यो अवधिमा सबैभन्दा बढी ३८ घटना झापा र त्यसपछि २८ घटना सुनसरीमा भएको छ ।

कैलाली, अछाम, म्याग्दीमा सबैभन्दा बढी मृत्यु भएको छ । ती जिल्लामा यो अवधिमा पाँच(पाँच जनाको ज्यान गइसकेको छ । त्यस्तै, कञ्चनपुर, तनहुँ, धादिङ र बागलुङमा चार-चार जनाको ज्यान गएको तथ्याङ्क छ । आजको राजधानी दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :श्रावण १९, २०७९ बिहिवार - ०६:३१:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology