Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार तामाङ पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार तामाङ पक्राउ

दैनिकी न्यूज

१८, श्रावण २०७९
बैंकिङ कसूर मुद्दाका फरार तामाङ पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका(१ घर भएका ४२ वर्षीय गोर्खमान तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ माघ १९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, नगद ६ लाख रुपैयाँ जरिवाना र नगद २४ हजार रुपैयाँ क्षतिपुर्ती शुल्क भराउने सजाय भई फरार भएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल ललितपुरबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल पठाइएको छ ।

यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ घर भएकी ३५ वर्षीया माया बस्नेत थापालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

९० लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पटान ललितपुरबाट पक्राउ अनुमती जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका(१६ बङ्गलामुखीबाट पक्राउ गरेको हो । साथै थापाले विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा पठाईदिन्छु भनी ठगी गरेको सम्बन्धमा वैदेशिक रोजगार विभागमा उजुरी परी पक्राउ पूर्जी समेत जारी भएको खुल्न आएको छ । उनलाई आवश्यक कारवाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ।

images
प्रकाशित मिति :श्रावण १८, २०७९ बुधवार - ०७:१८:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology