Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १२ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १२ जना जुवाडे पक्राउ

दैनिकी न्यूज

१६, श्रावण २०७९
जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १२ जना जुवाडे  पक्राउ
images

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. १३ झरुवाराशी बस्ने महाकाल गाउँपालिका–२ मानिखेल घर भएका ६६ वर्षीय बलाराम घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा घिमिरे समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार रूपैयाँ, ३ बुक तास र १७ वटा कौडा सहित फेला
पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १६, २०७९ सोमवार - १४:१३:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology