Logo

आइतवार, आश्विन २५ गते २०८३

images

डीएसपी सिंहलाई आठ महिना कैद १५ हजार रुपैयाँ जरिवाना

डीएसपी सिंहलाई आठ महिना कैद १५ हजार रुपैयाँ जरिवाना

दैनिकी न्यूज

१३, श्रावण २०७९
डीएसपी सिंहलाई आठ महिना कैद १५ हजार रुपैयाँ जरिवाना
images

काठमाडौं । विशेष अदालतले सरकारी कागजात किर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेका डीएसपी रमेशबहादुर सिंहलाई आठ महिना कैद र १५ हजार जरिमाना फैसला सुनाएको छ ।

विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गत चैतमा सिंहलाई दोषी ठहर हुने फैसला गरेको हो । गत चैतमै भ्रष्टाचार मुद्दामा सिंह दोषी ठहर भए पनि फैसलाको पूर्णपाठ भने केही समयअघि मात्रै सार्वजनिक भएको थियो ।

पैmसलाको पूर्णपाठअनुसार जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरेको पुष्टि गर्दै सिंहले भ्रष्टाचार गरेको ठहरसहित कैद र जरिमाना सुनाइएको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को ९१० बमोजिको कसुर सिंहले गरेको पूर्णपाठमा उल्लेख गरिएको छ । सो कसुर गर्नेलाई छ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिमाना हुने कानुनी प्रावधान छ । सोहीअनुसार सिंहलाई आठ महिना कैद र १५ हजार रुपैयाँ जरिमाना हुने पूर्णपाठमा उल्लेख छ ।

सिंहले प्रहरी निरीक्षकमा १२ मंसिर २०५८ मा भर्नाका लागि आवेदन दिएका थिए । त्यतिबेला २०५८ सालमा परीक्षा दिएकोमा २०६१ सालमा ८४ जना परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये सिंहले पनि नाम निकालेका थिए ।

यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :श्रावण १३, २०७९ शुक्रवार - ०६:५२:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology