Logo

आइतवार, आश्विन २५ गते २०८३

images

टिपरको ठक्करले साइकल यात्रीको मृत्यु

टिपरको ठक्करले साइकल यात्रीको मृत्यु

दैनिकी न्यूज

१२, श्रावण २०७९
टिपरको ठक्करले साइकल यात्रीको मृत्यु
images

झापा । झापाको कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार दुर्घटनामा सोही वडाका १७ वर्षीय सञ्जीव इम्सङ लिम्बूको बुधबार मृत्यु भएको हो।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१प२१२ नम्बरको टिपरले साइकलमा सवार लिम्बूलाई ठक्कर दिएको थियो।

टिपर चालक मकवानपुरको चुरेमाई नगरपालिका–५ का ३१ वर्षीय सुजन बाइबालाई प्रहरीले नियन्त्रणमा लिइएको छ। रासस

images
प्रकाशित मिति :श्रावण १२, २०७९ बिहिवार - १०:३७:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology