Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार थापा पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार थापा पक्राउ

दैनिकी न्यूज

१२, श्रावण २०७९
बैंकिङ कसूर मुद्दाका फरार थापा पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-१ बस्ने श्याम बहादुर दर्जी भन्ने ४८ वर्षीय श्याम बहादुर थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको गत असार ३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख १९ हजार ७ सय ५० रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले चन्द्रगिरी नगरपालिका-२ बलम्बुबाट पक्राउ गरेको हो ।

थापाले आफ्नो खातामा पर्‍याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी सानिमा बैंक लिमिटेड नयाँबजार शाखा कार्यालय काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तानी हुने भनि पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :श्रावण १२, २०७९ बिहिवार - ०७:४८:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology