Logo

आइतवार, आश्विन २५ गते २०८३

images

खोलाले बगाएर नुवाकोटमा वडा सदस्यको मृत्यु

खोलाले बगाएर नुवाकोटमा वडा सदस्यको मृत्यु

दैनिकी न्यूज

११, श्रावण २०७९
खोलाले बगाएर नुवाकोटमा वडा सदस्यको मृत्यु
images

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मृत्यु भएको छ।

बेलकोटगढीको वडा नम्बर १० र १२ हुँदै बगेको बेलकोट खोलाले मंगलबार साँझ बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।

खेतमा काम गरेर फर्कने क्रममा वडा नम्बर १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो।

तामाङको शव करिब एक किलोमिटर तल वडा नम्बर १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताए।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उनी महिला सदस्यमा निर्वाचित भएकी थिइन्।

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - ०८:१९:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology