Logo

आइतवार, आश्विन २५ गते २०८३

images

एसईई नतिजा आजै

एसईई नतिजा आजै

दैनिकी न्यूज

११, श्रावण २०७९
एसईई नतिजा आजै
images

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा आज बुधबार प्रकाशन तयारी गरेको छ । गत वैशाखमा परीक्षा सञ्चालन भएको एसईई नतिजा आज सार्वजनिक गर्ने तयारी भएको हो ।

यो वर्षको कक्षा १० अर्थात् एसईई परीक्षामा ५ लाख १४ हजार विद्यार्थी सहभागी भएका छन् । जसमा २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र सहभागी छन् । गत ९ देखि २० वैशाखसम्म देशभर एकसाथ २ हजार परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

एसईई परीक्षा प्रकाशन पूर्वतयारीस्वरूप मंगबार बोर्डले ‘डेमोस्ट्रेसन’समेत गरेको छ । बोर्डका एक अधिकारीका अनुसार नतिजा बुधबार साँझसम्म सार्वजनिक गर्ने तयारी गरिएको छ । ‘कुनै प्राविधिक वा त्यस्तै प्रकारको समस्या नआएको खण्डमा आज साँझसम्म नतिजा प्रकाशन हुनेछ,’ ती अधिकारीले राजधानीसँग भने ।

यसअघि, कोभिडका कारण दुई शैक्षिक सत्र विद्यालय तहको आन्तरिक मूल्यांकनबाटै सञ्चालित भएको एसईई परीक्षा यसपटक भने बोर्डले नै देशभर एकसाथ सञ्चालन गरेको थियो ।

अघिल्ला दुई वर्ष कोभिड महामारीका कारण विद्यालयले गरेका आन्तरिक मूल्यांकनकै आधारमा बोर्डले परीक्षाफल प्रमाणीकरण गरी सार्वजनिक गरेको थियो । यो खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - ०७:१६:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology