Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

१०, श्रावण २०७९
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी मनहरा नगरपालिका-६ कागेश्वरी बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-५ घर भएका ५२ वर्षीय नेमा मेन्जन लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललिरपुरको २०७९ जेठ ३१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद, ७ लाख रुपैयाँ जरिवाना र २८ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने गरी फैसला भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल ललितपुरबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत लगनखेल पठाइएको छ ।

images
प्रकाशित मिति :श्रावण १०, २०७९ मंगलवार - ०८:४६:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology